शहिद स्मारक लिगमा आज ३ खेल हुदै
काठमाडौं।
शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
च्यासल मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक भिड्नेछन् । यसैगरी, रंगशालामा दिउँसो ३ नै बजे फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । सोही रंगशालामा साँझ ६ बजे न्युरोड टिम र जावालाखेल युवा क्लब भिडन्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1