सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते

सारांश

  • बुटवलमा  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले जानकारी दिए ।
  • सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।

२८ साउन, बुटवल। बुटवलमा  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले जानकारी दिए । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।  दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए । यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन्। साथै मोटरसाइकका चालक कपिलबस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि  घाइते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये  ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
लागूऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि, घर रुकुम-पश्चिम
लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि, घर रुकुम-पश्चिम
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन