बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
२७ साउन, मकवानपुरमा एक जना पुरूष खोलामा मृत फेला परेका छन्।
![]()
आइतबार मध्यान्ह सवा १२ बजे बकैया गाउँपालिका-५ पावसस्थित सिमात्त खोलामा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मृतकको सुरूमा पहिचान खुलेको थिएन। प्रहरीको टोली पुगेर अनुसन्धान गरेसँगै मृतकको पहिचान खुलेको हो। मृतक बकैया-५ राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङ छन्। उनकी छोरी शान्ति लामाले सनाखत गरेकी हुन्। प्रहरीका अनुसार मृतक दोङ शनिबार बिहान १० बजेदेखि बेपत्ता थिए। उनी बैंकमा पैसा लिन जाने भनेर हिँडेको प्रहरीले जनाएको छ। मृतकको घरबाट अन्दाजी दुई किलोमिटर टाढा उनको शव फेला परेको हो।

Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी



Post Comment