खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
५० पटक हेरिएको
Shares
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित

सारांश

  • अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।
  • आगमनतर्फ खासै समस्या नभएको विमानस्थलले जानकारी दिएको छ ।

२२ साउन, काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् । आगमनतर्फ खासै समस्या नभएको विमानस्थलले जानकारी दिएको छ । काठमाडौँबाट भरपुर, पोखरा, सिमरा, भैरहवा, नेपालगन्ज र विराटनगर रुटका जहाजहरू उड्न केही ढिलाइ भएको विमानस्थलले जनाएको छ । बुद्ध एयरको काठमाडौँदेखि भरतपुरका लागि ८ बजेको उडान तालिका रहेको जहाज खराब मौसमकै कारण प्रभावित हुन पुगेको छ । यसैगरी यती एयरलाइन्सको काठमाडौँदेखि सिमराका लागि ८ बजेकै उडान तालिका रहेको जहाज खराब मौसमकै कारण हालसम्म उड्न सकेको छैन । काठमाडौँदेखि पोखराका लागि ९ बजेको उडान तालिका रहेको यती एयरलाइन्सकै अर्को जहाज पनि हालसम्म उड्न नसकेको विमानस्थलले जानकारी दिएको छ ।

बुद्ध एयरको काठमाडौँदेखि पोखरा, काठमाडौँदेखि विराटनगर, काठमाडौँदेखि सिमरा, काठमाडौँदेखि भद्रपुर उडान तालिका रहेका जहाजहरू केही ढिला भएका छन् । यसैगरी यती एयरलाइन्सको काठमाडौँदेखि नेपालगन्ज, श्री एयरलाइन्सको काठमाडौँदेखि भैरहवाको उडान रहेको जहाज समेत खराब मौसमकै कारण प्रभावित हुन पुगेका छन् । यी फ्लाइटका यात्रुहरूको बोडिङ पास भइसकेपनि मौसम नखुल्दा उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत
वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संकलन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संकलन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
भूमि विधेयक प्रतिनिधिसभामा पेस
भूमि विधेयक प्रतिनिधिसभामा पेस
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?