श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात

सारांश

  • काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
  • नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको हो ।
  • दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन ।

 

१७ साउन, काठमाडौं । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन । पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो। तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो । तेस्रो सेटमा ७-३ ले पछि परेको नेपालले टाइम आउट लियो । त्यसपछि पनि नेपाल १५-१५ को स्थितिमा आएर कमब्याक गर्‍यो । त्यसपछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?