२६ जेष्ठ २०८२, आईतवार

सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु

 

१७ साउन,सिन्धुली।  सिन्धुलीको गोलन्जोर गाउँपालिकामा धान रोप्न गएकी महिलाको मृत्यु भएको छ।

गोलन्जोर गाउँपालिका-६  दारिमबोटेमा धान रोप्न गएकी शोभा सार्कीको मृत्यु भएको हो। घरबाट धान रोप्नका लागि मेला गएकी ५२ वर्षीया सोभा सार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

धान रोप्न जाँदा एक्कासि टाउको दुखेर बेहोश भएकी उनलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको र अस्पतालले मृत घोषणा गरेको वडाध्यक्ष रविन श्रेष्ठले बताए। सार्कीको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?