पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-२१ मट्टीखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल ग १ क ६३१९ नम्बरको बस दुर्घटनामा बसका सहचालकको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । ‘सहचालकको मृत्यु भएको उनले भने, ‘उनको परिचय खुलिसकेको छैन। बाँकी घाइते विद्यार्थीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।’
उनका अनुसार बसमा चालक र सहचालकसहित २७ जना विद्यार्थी र एक जना अभिभावक सवार थिए। दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल ल्याइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment