राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १, २०८२
|
|
६० पटक हेरिएको
Shares
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली

सारांश

  • राष्ट्रिय मुक्ति पार्टी जिल्ला कार्यसमिति, सर्लाहीले आज साँझ मलंगवा–१० स्थित जिल्ला विकास चोकमा रहेको सहिद पार्कमा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
  • जिल्ला अध्यक्ष गणेश कुमार यादवको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो।
  • सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष महतोले गहिरो दुःख व्यक्त गर्नुभयो।

 

सर्लाही, १ असोज।

राष्ट्रिय मुक्ति पार्टी जिल्ला कार्यसमिति, सर्लाहीले आज साँझ मलंगवा–१० स्थित जिल्ला विकास चोकमा रहेको सहिद पार्कमा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

जिल्ला अध्यक्ष गणेश कुमार यादवको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो।

सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष महतोले गहिरो दुःख व्यक्त गर्नुभयो। सम्बोधनका क्रममा उहाँले पार्टीले विगतदेखि नै देशमा व्याप्त भ्रष्टाचार र अव्यवस्थाविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो। सरकारमा सहभागी दलहरु कुर्कम र भ्रष्टाचारमा लिप्त हुँदा जनतामा बढ्दै गएको आक्रोशकै कारण आफूले एक वर्षअघि नै “यो संसद २०८४ सम्म नपुगेर बीचमै खतम हुन्छ” भनेर चेतावनी दिएको स्मरण गराउनुभयो।

अध्यक्ष महतोले बारम्बार चेतावनी दिइरहँदा पनि शासकहरूले भ्रष्टाचार तथा बेतिथिबाट पछि नहटेपछि अन्ततः नयाँ पुस्ताको धैर्यको बाँध टुटेको र बध्यात्मक अवस्था सृजना हुँदा जेनजी पुस्ताको आन्दोलनले देशभर आँधीबेहरी ल्याई राजनीतिक कोर्ष नै परिवर्तन गरेको टिप्पणी गर्नुभयो।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष रामनेश राय, केन्द्रिय सचिव हुसेन खान, केन्द्रिय सदस्य गौरीनारायण साह, आरती झा लगायत जिल्लाका अन्य नेताहरू तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ