सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
१५२ पटक हेरिएको
Shares
सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सारांश

  •  सर्लाही प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्ने भारतको बिहार राज्य सीतामढी जिल्लाको सोनवर्षा निवासी २८ वर्षीय नवीन कुमार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
  • प्रहरीका अनुसार मलंगवा नगरपालिका–१२ स्थित चमेलीमाई मन्दिर नजिक सोमबार शंकाका आधारमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

२९ भदौ, सर्लाही। सर्लाही प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने भारतको बिहार राज्य सीतामढी जिल्लाको सोनवर्षा निवासी २८ वर्षीय नवीन कुमार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार मलंगवा नगरपालिका–१२ स्थित चमेलीमाई मन्दिर नजिक सोमबार शंकाका आधारमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो। प्रहरी चौकी कबिलासीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट (बीआर ३० एटी ८९६१) को २२० सीसी पल्सर मोटरसाइकल पार्किङ अवस्थामा फेला पारेको थियो।
मोटरसाइकलको ट्याङ्कीमाथि राखिएको रातो कपडाको झोला जाँच गर्दा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाइ नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। उनको साथबाट दुई थान मोबाइल फोन र मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित
विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित
घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?
घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले