चैत ४ देखि सुरु हुँदै तेस्रो लालबन्दी महोत्सव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२६३ पटक हेरिएको
Shares
चैत ४ देखि सुरु हुँदै तेस्रो लालबन्दी महोत्सव

सारांश

  • सर्लाहीको लालबन्दीमा तेस्रो लालबन्दी महोत्सव चैत ४ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।
  • उद्योग वाणिज्य संघ लालबन्दीले हिजो शुक्रबार पत्रकार सम्मेलन गर्दै “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको जनाएको हो।
  • महोत्सव लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा सञ्चालन हुनेछ।

 

सर्लाही, ३० फागुन ।

सर्लाहीको लालबन्दीमा तेस्रो लालबन्दी महोत्सव चैत ४ देखि १५ गतेसम्म आयोजना हुने भएको छ। उद्योग वाणिज्य संघ लालबन्दीले हिजो शुक्रबार पत्रकार सम्मेलन गर्दै “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको जनाएको हो। महोत्सव लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा सञ्चालन हुनेछ।

महोत्सव व्यवस्थापन समितिका संयोजक तथा उद्योग वाणिज्य संघ लालबन्दीका पूर्वअध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीका अनुसार १२ दिनसम्म चल्ने महोत्सवमा करिब १ लाख २० हजार दर्शक आउने अपेक्षा गरिएको छ। करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ भने आयोजनाका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ। महोत्सवमा कृषि उत्पादन, औद्योगिक तथा व्यवसायिक स्टल, अटोमोबाइल, घरेलु तथा हस्तकला प्रदर्शनी, होटल–रेस्टुरेन्ट सेवा, स्थानीय पर्यटन प्रवर्द्धन तथा होमस्टे अवधारणा सम्बन्धी कार्यक्रम राखिने आयोजकले जनाएको छ। साथै राष्ट्रियस्तरका कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। महोत्सवस्थलमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। करिब १५० स्टल रहने बताइएको छ। उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोका अनुसार महोत्सवको उद्घाटन चैत ४ गते मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले गर्ने कार्यक्रम तय गरिएको छ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का