मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
३४१ पटक हेरिएको
Shares
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु

सारांश

  • मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ।
  • मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा.
  • सुरेन्द्र लाभले उद्घाटन गरेका हुन्।

 

जनकपुरधाम ।

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका हुन्। माघ २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको मूल आयोजक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोष रहेका छन्। प्रदर्शनीमा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्य रहेको छ भने नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा रहेको छ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा र कलासँग सम्बन्धित विभिन्न हस्तकला तथा चित्रकला प्रदर्शनमा राखिएका छन्। साथै मधेश प्रदेशमा बसोबास गर्ने अन्य भाषा–भाषी समुदायको संस्कृति, जीवनशैली र रहन–सहन झल्काउने कलाकृतिहरू पनि प्रदर्शनीमा समावेश गरिएको छ। प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेश अन्नको भण्डार मात्र नभई कला, चिन्तन र कविको महासागर भएको बताए। मधेशका गाउँघरका आमाहरूले घरका भित्तामा कोर्दै आएका चित्रकलाहरू आज देश–विदेशमा चिनिनु गर्वको विषय भएको उनले उल्लेख गरे।मिथिला चित्रकलालाई ग्रामीण परिवेशबाट आधुनिक युगसँग जोड्ने काम यस प्रकारका प्रदर्शनीले गरिरहेको प्रदेश प्रमुख लाभको भनाइ थियो। उनले ललितकला मनोरञ्जन मात्र नभई समाजको ऐना र राष्ट्रको पहिचानको मेरुदण्ड भएको बताए। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले देशको संस्कृति, कला, साहित्य र परम्परालाई जीवित राख्न प्रज्ञा–प्रतिष्ठानले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी
रास्वपा महाधिवेशन : प्रतिनिधिका नामावलीमाथि बिहानैदेखि दाबी विरोध जारी
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल हुन सक्छ :राजेन्द्र महतो
अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल हुन सक्छ :राजेन्द्र महतो
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै
हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै