Press 4K
शनिबार, २१ चैत्र २०८२, १० : २३ : ४६ | Apr 4, 2026

माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

Raju Yadav Raju Yadav
|
आइतबार, पौष २७, २०८२
|
|
५ पटक हेरिएको
Shares
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

सारांश

  • २७ पुस, बाँके ।
  • माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ ।
  • परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो ।

२७ पुस, बाँके ।

माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ । परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो । थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ ।

यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायको पहिचान संरक्षण हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा सुतैहिया गाउँ सांस्कृतिक उत्सवस्थलमा परिणत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक
बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर
नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
कोशी प्रदेशका ७ ठाउँमा सडक अवरुद्ध, ठाउँठाउँमा बाढी र पहिरोका कारण यात्रा कष्टकर
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...