नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३ पटक हेरिएको
Shares
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक

सारांश

  •   १२ मंसिर, काठमाडौं ।
  • कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
  • दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो ।

१२ मंसिर, काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ । दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो ।

अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी कानून, इ–शासन (ई–गर्भनेन्स), एआई नीति तथा डिजिटल सरकारका लागि रणनीति निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका वरिष्ठ आइसीटी नीति विशेषज्ञ हुन् । डिजिटल करिडोरले नेपालको आइटी दशक २०२४–२०३४ को लक्ष्यलाई भारतको डिजिटल पब्लिक इन्फ्रास्टक्चर (डिपिआइ) सँग जोडेर दुवै देशबीच सुरक्षित, दिगो र नवप्रवर्तन–केन्द्रित वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ । यसमा क्रस–बोर्डर फिनटेक एकीकरण, स्टार्टअप तथा नवप्रवर्तन सहकार्य, सीप र प्रमाणपत्र विनिमय, साइबर सुरक्षा साझेदारी, एआई तथा अनुसन्धान सहयोग, डिजिटल पूर्वाधार विस्तार र नीतिगत समायोजनजस्ता सात प्रमुख आधारस्तम्भ समावेश छन् ।

अधिकारीका अनुसार, डिजिटल कोरिडोर प्राविधिक परियोजना मात्र नभई साझा आर्थिक दृष्टि हो । जसले नेपाललाई विश्वस्तरको सफ्टवेयर तथा आउटसोर्सिङ हब बनाउन मद्दत गर्नेछ । क्यान फेडरेसनले यस कोरिडोरले नेपालमा १५ लाख आइटी रोजगारी सिर्जना गर्ने र तीन अर्ब अमेरिकी डलर बराबरको आइटी सेवा निर्यात लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पु¥याउने जनाएको छ । सन् १९९२ मा स्थापित क्यान फेडरेसन नेपालभरका प्रदेश, जिल्ला, उद्योग, पेशेवर तथा विद्यार्थीहरूलाई समेट्ने सबैभन्दा ठूलो आइसिटि संगठन हो, जसले नेपालका प्रमुख डिजिटल परिवर्तन परियोजनाहरूमा नेतृत्व गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने थप एक पक्राउ
जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने थप एक पक्राउ
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् : देउवा
बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् : देउवा
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल