पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
१ पटक हेरिएको
Shares
पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

सारांश

  • ३० असोज, पोखरा ।
  • पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ ।
  • पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ ।

३० असोज, पोखरा ।

पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाईसँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र क्रेजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ ।

पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने विश्वास लिइएको छ । प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार एमएमए फाइटमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराउने तयारी भएको हो । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ । हामीले विदेशमा केज फाइट भएको टिभी वा अहिले सोसल मिडियामा हेरिरहेका छौं तर, अब त्यो पोखरामै हेर्न पाइने छ ।’ आगामी पुषको दोस्रो साता लेकसाइडमा हुने प्रतियोगितामा अहिलेसम्म विभिन्न राष्ट्रका फाइटरले सहभागिता जनाइ सकेका छन् । नेपालसहित हालसम्म स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका राष्ट्रको सहभागिता रहेको छ । विश्वभर व्यावसायिक मार्शल आट्र्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्शल आट्र्स) यसपटक पोखरामै प्रत्यक्ष हेर्न पाउने क्षेत्रले बताए । प्रतियोगितामा प्रवेश निशुल्क गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली