एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन

सारांश

  • २६ असोज, काठमाडौं ।
  • नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
  •   आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

२६ असोज, काठमाडौं ।

नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनुप मगरले एन्फा सुतिरहेको भन्दै प्रदर्शनमार्फत आफूहरुले उठाएर काममा लगाउने उद्देश्यले सडकमा उत्रिएको बताए ।

‘फुटबललाई माया गर्नेहरु एकीकृत भएर वेथिति एन्फामा भइरहेको छ । गर्नुपर्ने आधारभूत कुराहरु समेत नगरेर सुतिरहनुभएको छ । त्यसैले हामीले झक्झक्याउनुपर्छ । उहाँहरुलाई काममा लगाउनुपर्छ भन्ने हिसाबले यहाँ आएका हौं,’उनले भने त्यस्तै उनले पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच फुटबलप्रेमीहरुमा रहेको धारणा राखे । साढे दुई वर्षसम्म ‘ए’ डिभिजन हुन नसकेको गुनासो गर्दै उनले ‘ए’ डिभिजन नहुनु भनेको फुटबल नै शुन्य हुनु रहेको बताए । उनले भने,‘हामीले धेरै पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच थियो ।

भिजन राखेर क्यालेण्डर बनाउनु भएको छ तर काम कत्तिको भयो त भन्ने पनि हेर्नुपर्छ । ‘ए’ डिभिजन नभएको साढे दुई वर्ष हुन लागिसक्यो । ‘ए’ डिभिजन नहुनु भनेको त फुटबल नै शुन्य हुनु हो । यही हिसाबले फुटबल अगाडि कसरी बढ्छ त ?’ प्रदर्शनमा सहभागीहरूले विगत पाँच वर्षका आर्थिक विवरणहरू सार्वजनिक गर्न, एन्फा नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न र स्थगित घरेलु लिगहरू तुरुन्त सुरु गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?