सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार

सारांश

  • ३ भदौ, काठमाडौं ।
  • मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् ।
  • नेप्से, सेन्सिटिभ सूचकसहित समूहगत सूचक बढेका छन् ।

३ भदौ, काठमाडौं ।

मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से, सेन्सिटिभ सूचकसहित समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटको भारित औसत मूल्य गणनाअघि नेप्से ९ अंक बढेको थियो । कारोबारका क्रममा दिउँसो साढे १ बजे नेप्से २७९६ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडमा खुम्चियो ।

कारोबार रकम केही दिनयता नै घटेको छ । १४२ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो । सबै समूहका सूचक बढेका छन्, यद्यपि वृद्धिदर सबैको १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ तथा व्यापार समूह ०.१८ प्रतिशत बढे । सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशत बढ्यो ।

त्यस्तै पियोर इनर्जीको ६.०९, इस्टर्न हाइड्रोपावरको ४.५८, सिटी होटलको ३.५८, बुटवल पावरको ३.२२ तथा उन्नति सहकार्य लघुवित्तको ३.१३ प्रतिशत मूल्य बढ्यो । आज धेरै कारोबार भएका कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे । नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो । युनाइटेड मोदी हाइड्रोपावरको ४.१८ तथा युनियन हाइड्रोपावरको २.७२ प्रतिशत घट्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानाडा पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने समूह पक्राउ
क्यानाडा पठाइदिने भन्दै ६६ लाख ठगी गर्ने समूह पक्राउ
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
राजावादी आन्दोलनको चौथो दिन, आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
राजावादी आन्दोलनको चौथो दिन, आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न