नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार

Raju Yadav Raju Yadav
|
आइतबार, श्रावण १८, २०८२
|
|
२ पटक हेरिएको
Shares
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार

सारांश

  • १८ साउन, काठमाडौं ।
  • साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६३.
  • ७३ अंकले घटेर २८५८.

१८ साउन, काठमाडौं ।

साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० को विन्दुमा आईपुगेको छ। नेप्सेमा यसदिन ३१९ वटा कम्पनीको ३ करोड २२ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब सात करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ट्रेड टावर र शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले आज ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

यस्तै थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जी र समता घरेलु लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् । यस्तै, ग्रीन भेन्चर्सका लगानीकर्ताले ५.७७ प्रतिशत र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ५.५८ प्रतिशतका दरले गुमाए । यसदिन नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ७ करोड ५३ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । दास्रोमा हिमालयन रिइन्स्योरेन्सको ७ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?