नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

सारांश

  • १५ साउन, काठमाडौं ।
  • नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।
  •  आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ।

१५ साउन, काठमाडौं ।

नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ। १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन्।एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो । उता अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ।

अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ। नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ। प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
जनकपुरमा आज यसरी धुमधामसँग गरिँदैछ राम र जानकीको विवाह
जनकपुरमा आज यसरी धुमधामसँग गरिँदैछ राम र जानकीको विवाह
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा