जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का

Raju Yadav Raju Yadav
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२ पटक हेरिएको
Shares
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का

सारांश

  • २७ असार, काठमाडौं ।
  • उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताउनुभएको छ ।
  • राष्ट्रिय सभाको शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

२७ असार, काठमाडौं ।

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । सरकारले विधेयकमार्फत जलस्रोतको उपयोग र व्यवस्थापनमा स्पष्ट दिशा दिन खोजेको बताउनु भयो ।

उहाँले खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार विधेयक अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘हामीसँग भएको अपार जलस्रोतको सदुपयोग, उपयोग गर्नुपर्ने आजको आवश्यकता रह्यो । त्यसका लागि हामीलाई समयानुकलु कानून निर्माण गर्नुपर्ने भयो । त्यसकारण हामी जलस्रोत विधेयकमार्फत मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने प्रयास गरिरहेका छौं । खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता कुराहरुमा हामीले प्राथमिकताका आधारमा यस कानूनलाई समृद्धि बनाउन प्रतिवद्ध रहेको कुरा पनि व्यक्त गर्न चाहन्छु ।’उहाँले जलस्रोतको दोहन नभई दिगो उपयोगका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु
हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि