भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली

Raju Yadav Raju Yadav
|
बिहिबार, आषाढ २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली

सारांश

  • २६ असार, काठमाडौं ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताउनुभएको छ ।
  • बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

२६ असार, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताउनुभएको छ ।बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गर्नुभयो ।

उहाँले आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताउनु भयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा रंगशालाहरु अब साना भए । अहिलेका रंगशालाहरु साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । त्यस ठाउँमा हामीले रंगशाला बनाउन सक्छौँ । पर्याप्त दर्शक अट्ने खालको रंगशाला बनाउनसक्छौँ । त्यो ठाउँ मैले हेरिरहेको छु । झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउँदैछौँ ।

न्युनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन ।’ प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरुलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताउनु भयो । नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो
जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
समाजवादी मोर्चाको र्‍याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?
समाजवादी मोर्चाको र्‍याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ