२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार

Raju Yadav Raju Yadav
|
बिहिबार, आषाढ ५, २०८२
|
|
२ पटक हेरिएको
Shares
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार

सारांश

  • ५ असार, काठमाडौं ।
  •   सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
  • साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.

५ असार, काठमाडौं । 

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५९ अंकले घटेर २६२९.०८ विन्दुमा सीमित भएको छ । अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा रोकिएको थियो । यस्तै, मंगलबार पनि नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा सीमित थियो ।

बिहीबार बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ११ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ८ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । बिहीबार पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दा पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भुगोल इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?