कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
कैलालीमा  पाँच सय ४९ नयाँ उद्योग थपिए

सारांश

  • कैलालीस्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् ।
  • उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक,दुई सय चार कृषिमूलक,दुई वटा पर्यटनमूलक,दुई वटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
  • जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार आठ सय ४६ पुगेको छ ।

२२ जेठ, कैलाली ।

कैलालीस्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक,दुई सय चार कृषिमूलक,दुई वटा पर्यटनमूलक,दुई वटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार आठ सय ४६ पुगेको छ । दर्ता भएकामध्ये उत्पादनमूलक तीन हजार ५१८,कृषिमूलक सात हजार ३६,निर्माणमूलक दुई,पर्यटनमूलक ६८,सूचना प्रविधका १४ र सेवामूलक छ हजार २०८ उद्योग रहेका उहाँले बताउनुभयो ।

चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५३२ वटा फर्म दर्ता भएका छन् । वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको सङ्ख्या २५ हजार एक सय २७ पुगेका उहाँले जानकारी दिनुभयो । चालु आवमा दुई सय ३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका तीन सय १४ गरी पाँच सय ५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

कार्यालयले चालु आवको उक्त अवधिमा रु एक करोड ४६ लाख एक हजार ५७३ राजस्व सङ्कलन गरेको छ । महिला,दलित र अपाङ्गता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता,नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । गत आवमा सात सय १४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ तीन सय एक फर्म दर्ता भएका थिए । गत आवमा रु एक करोड ७७ लाख ४४ हजार ७७७ राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु
सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु
एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव