विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता

सारांश

  • विद्यालय शिक्षा विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता भइरहेको छ ।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले महासंघसँग वार्ता भइरहेको बताए ।
  • ‘मन्त्रालयको टिम र महासंघबीच छलफल चलिरहेको छ ।

१९ जेठ, काठमाडौं ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले महासंघसँग वार्ता भइरहेको बताए । ‘मन्त्रालयको टिम र महासंघबीच छलफल चलिरहेको छ । वार्ता सकारात्मक छ । धेरै कुरा मिलेको छ,’ मन्त्री पन्तले भने । कर्मचारीको टोली र महासंघबीच कुरा मिलेपछि अन्तिम बैठकमा आफू सहभागी हुने मन्त्री पन्तले बताए । सोमबार बिहान पनि महासंघ र मन्त्रालयको टिमबीच छलफल भएको छ । उक्त छलफलमा सहमति जुटेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

‘निकै दिनदेखि छलफल भइरहेको छ । केही कुरामा फरक मत थियो, मिलेको छ । अब हाम्रो कोर्टमा छैन । मन्त्रालयले गर्नुपर्ने मन्त्रालयबाट र संसदले गर्ने काम हो,’ अध्यक्ष सुवेदीले भने । अध्यक्ष सुवेदीले विगतमा भएको सहमतिमा भाषा मिलाउने काम भएको बताए । ‘ऐनमा लेख्नका लागि कानुनी भाषा हुन्छ । तिनै सहमतिको भाषा मिलाउने काम भएको छ,’ उनले भने, ‘सहमति भएको विषय मन्त्रालयकोतर्फबाट मन्त्रीज्यूले समिति र संसद्‍मा पेस गर्नुहुन्छ ।’ मन्त्रालयको टिमले महासंघ जुटाएको सहमतिबारे मन्त्री पन्तलाई भने जानकारी गराउन बाँकी छ । शिक्षक महासंघसँग वार्ता चलिरहेका कारण आजका लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको छ । शिक्षा समिति सभापति अम्मरबहादुर थापा सरकारको कारण बैठक स्थगित गरिएको बताउँछन् । ‘सरकार तयार भएन । पहिला ३ दिन माग्नु भयो ।

फेरि ७ दिन माग्नु भयो । १० दिन दिइसक्यौं । मन्त्रीज्यू महासंघसँग छलफल सकिएको छैन भन्नु हुन्छ,’ सभापति थापाले भने, ‘विधेयकको छलफल अगाडि नबढ्ने भयो ।’ यसअघि गत ११ जेठमा शिक्षा मन्त्री पन्तले महासंघसँग वार्ता गर्न ७ दिनको समय मागेका थिए । मन्त्री पन्तले यो सरकारले गत १७ वैशाखमा सहमति गरेको ९ बुँदे कार्यान्वयन गर्न तयार रहेको तर पहिलाका सरकारले गरेको सहमतिबारे छलफल गर्न समय मागेका हुन् । उनले मागेको समय सकिएको छ । मन्त्री पन्तले आफूले फेरि थप सयम मागेको बताए । मैले समय मागेको हो । सहमतिलाई परिपक्व बनाउन समय लागेको हो,’ मन्त्री पन्तले भने । मन्त्रालय र महासंघबीच कुरा मिलेपछि समितिको बैठक बोलाउने तयारी छ । यसअघि नै १५ असारभित्र ऐन जारी गर्नेगरी शिक्षक महासंघसँग सहमति भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
विष्णु गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
मिथिलामा हर्षोल्लासका साथ जानकी नवमी मनाइँदै
मिथिलामा हर्षोल्लासका साथ जानकी नवमी मनाइँदै
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण