गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ १८, २०८२
|
|
२ पटक हेरिएको
Shares
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु

सारांश

  • १८ जेठ, काठमाडौं ।
  •   डाक्टर र स्थानीयहरूका अनुसार दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली ट्याङ्कको गोलाबारीमा २६ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।
  • रफाहका स्थानीय पत्रकार मोहम्मद गरिबले बीबीसीलाई बताएअनुसार हजारौं प्यालेस्टिनीहरू अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्र नजिकै भेला भएका थिए।

१८ जेठ, काठमाडौं । 

डाक्टर र स्थानीयहरूका अनुसार दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली ट्याङ्कको गोलाबारीमा २६ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्। रफाहका स्थानीय पत्रकार मोहम्मद गरिबले बीबीसीलाई बताएअनुसार हजारौं प्यालेस्टिनीहरू अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्र नजिकै भेला भएका थिए।

त्यसपछि इजरायली ट्याङ्कले भीडमाथि गोली चलाएको हो। आक्रमणपछि उद्धार टोलीहरू घटनास्थलमा पुग्न नसकेपछि धेरै घाइते र मृतकहरूलाई गधा गाडामा राखेर अल–मावासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको थियो।घटनाबारे टिप्पणीको लागि बीबीसीले इजरायल रक्षा बल (आईडीएफ)लाई सम्पर्क गरेको छ। मोहम्मद गरिबले स्थानीय समय अनुसार बिहान ४ः३० बजे गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित राहत केन्द्र नजिकै रहेको अल–आलम स्क्वायर नजिकै भीड जम्मा भएको बताए। त्यसपछि इजरायली ट्याङ्कहरू त्यहाँ पुगे र गोलीबारी गर्न थाले। रेडक्रस फिल्ड अस्पतालले आक्रमणमा २६ जनाको मृत्यु भएको र १५० जना घाइते भएको पुष्टि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?