राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने

Raju Yadav Raju Yadav
|
बिहिबार, जेठ १५, २०८२
|
|
३ पटक हेरिएको
Shares
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने

सारांश

  • १५ जेठ, काठमाडौं ।
  • संघीय संसद्‌मा आज बजेट प्रस्तुत हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद मात्र उपस्थित हुने भएका छन् ।
  • राप्रपाका अन्य सांसदहरू राजसंस्था पुनर्स्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् ।

१५ जेठ, काठमाडौं ।

संघीय संसद्‌मा आज बजेट प्रस्तुत हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद मात्र उपस्थित हुने भएका छन् ।राप्रपाका अन्य सांसदहरू राजसंस्था पुनर्स्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् । राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभामा रहेका १४ सांसदमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्की मात्रै आजको संसद् बैठमा उपस्थित हुने जानकारी दिए ।

‘प्रतिनिधिसभामा हाम्रा १४ जना सांसद हुनुहुन्छ । उहाँहरूमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्मी मात्र आजको संघीय संसद्को संयुक्त बैठकमा उपस्थित हुनुहुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अन्य सांसदहरू प्रदर्शनमा सहभागी हुनुहुनेछ ।’ राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी पार्टी र संघसंगठनले बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दैछन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मैतिदेवीबाट सुरु हुने विरोध र्‍यालीको नेतृत्व गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?