काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ १४, २०८२
|
|
२ पटक हेरिएको
Shares
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण

सारांश

  • १४ जेठ, काठमाडौं ।
  •   महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापकको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुआत गरेको छ ।
  • उक्त सुख्खा फोहर विक्रीका लागि वार्षिक ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ ।

१४ जेठ, काठमाडौं । 

महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापकको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुआत गरेको छ । उक्त सुख्खा फोहर विक्रीका लागि वार्षिक ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ । कामपाले ३२ वटा वडालाई जनसङ्ख्या र भूगोलको आधारमा क्षेत्र निर्धारण गरी सुख्खा फोहर व्यवस्थापनको सुरु गरेको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

कामपाले ३२ वटै वडालाई सात क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नं ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिए । क्षेत्रमा क्रमशःसञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ । यस क्षेत्रमा वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वडा छन् । सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न र अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाँको आयु बढाउनका लागि ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरिएको छ ।

ती हरेक क्षेत्रमा एकएक वटा फोहर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न कामपाले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आव्हान गरेको थियो । यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नं २, ३, ४, ५ र ७ पर्छन् । क्षेत्र नं २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि जिम्मा पाएको छ जहाँ वडा नं १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले कवोल गरेको छ यस क्षेत्रमा वडा नं ६, ८ र ९ पर्छन् । क्षेत्र नं ४ मा मेची पोली इष्डष्ट्रीले जिम्मा लिएको छ । यसमा वडा नं १६, १७ र २६ पर्छन् । वडा नं १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ को जिम्मा नेपाल ऊर्जा विकास कम्पनीले लिएको छ । वडा नं १०, ३१ र ३२ समेटेर क्षेत्र नं ६ तोकिएको छ । जहाँ पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
ललितपुरको खर्च ६८ प्रतिशत मात्र
ललितपुरको खर्च ६८ प्रतिशत मात्र
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने
नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने