प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग

Raju Yadav Raju Yadav
|
मंगलबार, जेठ १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग

सारांश

  • १३ जेठ, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका छन् ।
  • मंगलबार काठमाडौंको बबरमहलस्थीत जल तथा मौसम विज्ञान विभागमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका हुन् ।

१३ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका छन् । मंगलबार काठमाडौंको बबरमहलस्थीत जल तथा मौसम विज्ञान विभागमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा  विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए । सरदरभन्दा बढी वर्षा हुने देखिएकाले यस वर्ष बाढी र पहिरोका साथै डुबानका समस्या धेरै हुने उनले बताए ।

उनले आफूहरूले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?