प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

Raju Yadav Raju Yadav
|
मंगलबार, जेठ १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

सारांश

  •   १३ जेठ, काठमाडौं ।
  •   प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ ।
  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

१३ जेठ, काठमाडौं । 

प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव