सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता
सारांश
- ३ जेठ, सोलुखुम्बु ।
- गृहमन्त्री रमेश लेखक आज शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) पुगेका छन् ।
- पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् ।

३ जेठ, सोलुखुम्बु ।
गृहमन्त्री रमेश लेखक आज शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया