प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट

सारांश

  •   ३१ वैशाख, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ ।
  • प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ ।
  • भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम–चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन–भिडियो प्रस्तुत गरिएको थियो ।

 

३१ वैशाख, काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ ।भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम–चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन–भिडियो प्रस्तुत गरिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहित सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए । कर्पाेरेसनका प्रतिनिधिले यसअघि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग गरेको भेटेर रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?