नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
सारांश
- २५ वैशाख, काठमाडौं ।
- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् ।
- जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

२५ वैशाख, काठमाडौं ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको हो । उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया