संसद्‍मै अड्कियो शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख २४, २०८२
|
|
२ पटक हेरिएको
Shares
संसद्‍मै अड्कियो शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  • शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसद्‍मा अड्किएको छ ।
  • यो विधेयक पारित गर्ने गरी प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा परेर पनि रोकिएको हो ।

 

२४ वैशाख, काठमाडौं ।

शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसद्‍मा अड्किएको छ । यो विधेयक पारित गर्ने गरी प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा परेर पनि रोकिएको हो । यसअघि यही वैशाख १५ गते प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने कार्यसूची थियो ।

त्यस दिनको बैठकमा पारित गर्नु अगाडि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय भएको थियो । सांसदहरूले विधेयकका सम्बन्धमा आफ्नो धारणा राख्ने र त्यसको शिक्षामन्त्री पन्तले जवाफ दिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर, अन्तिममा यो विषयलाई सभामुख देवराज घिमिरेले कार्यसूचीबाट हटाएका थिए । त्यसपछि पुनः प्रतिनिधि सभाको कार्यसूचीमा पर्न सकेको छैन ।  यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक हो । २१ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।

राष्ट्रिय सभाले २९ माघ २०८० मा पारित गरेर प्रतिनियधि सभामा पठाएको थियो । प्रतिनिधि सभामा आएर पनि अगाडि बढेको यो विधेयक पछिल्लो समय अड्किन पुगेको हो । यो विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि पुनः राष्ट्रिय सभामा जानुपर्छ । राष्ट्रिय सभा अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुगेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउने हो । तर, अन्तिम समयमा पुगेर विधेयक अड्किएको भनेर यो विषय संसद्मै पनि उठ्न थालेको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै नेकपा एमालेका सांसद तारा लामा तामाङले यो विधेयक अड्किएको असन्तुष्टि जनाए । सम्पूर्ण सुदूरपश्चिमीहरू र सरोकारवालाहरू सबैको भावनालाई बिचार गरी सो विधेयकलाई यसै सत्रको सदनमा यथासिघ्र प्रस्तुत गर्न माग गर्दछु’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?