लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ: नेता निधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
२ पटक हेरिएको
Shares
लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ: नेता निधि

सारांश

  • २१ वैशाख, सर्लाही ।
  •      नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेस नै रहेको बताउनुुभएको छ ।
  • सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आज सहिद सुखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलभन्दा कांग्रेसलाई बढी रहेको बताउनुुभएको हो ।

२१ वैशाख, सर्लाही ।    

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेस नै रहेको बताउनुुभएको छ । सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आज सहिद सुखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलभन्दा कांग्रेसलाई बढी रहेको बताउनुुभएको हो । यो व्यवस्थालाई जोगाइ रहन सके मात्र सहिदप्रति उच्च सम्मान हुने भन्दै नेता निधिले कांग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको जिकिर गर्नुभयो ।

संयुक्त सरकार रहेको बेला सबै कुरा आफ्नो पार्टीले भनेको नहुने भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले अबको १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँगको सात बुँदे सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा गर्न थप सहज हुँदै जाने बताउनुुभयो ।

पार्टीका पूर्वउपसभापति निधिले पछिल्लो समय मधेस प्रदेशमा योजना छनोटसँग जोडिएका नकारात्मक कुरा आइरहेको भन्दै प्रदेशलाई नै बद्नाम गर्ने काममा नलाग्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । विसं २०५९ वैशाख २१ गते तत्कालीन विद्रोही पक्षले घाँटी रेटेर हत्या गरेका पार्टी नेता एवं साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकदको सालिक अनावरण गरिएको हो ।  कार्यक्रममा कांग्रेस नेता एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गङ्गीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंहलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर ह*त्या
जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर ह*त्या
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
लागूऔषधसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
एमाले बागमती प्रदेशको निर्वाचन आज, को-को छन् उम्मेदवार?
एमाले बागमती प्रदेशको निर्वाचन आज, को-को छन् उम्मेदवार?
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली