जनकपुरमा जानकी जन्मोत्सव शुरु

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३ पटक हेरिएको
Shares
जनकपुरमा जानकी जन्मोत्सव शुरु

सारांश

  •   १६ वैशाख, जनकपुर ।
  • पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम शुरु भएको छ ।
  •   जानकी मन्दिरले आयोजना गरेको कार्यक्रम अनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मंगलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।

१६ वैशाख, जनकपुर ।

पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम शुरु भएको छ ।  जानकी मन्दिरले आयोजना गरेको कार्यक्रम अनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मंगलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।

साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मंगललगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।

जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठक आज पनि
कांग्रेस संसदीय दलको बैठक आज पनि
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु
ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि
ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न