बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु

Raju Yadav Raju Yadav
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
२ पटक हेरिएको
Shares
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु

सारांश

  •   १२ वैशाख, बाजुरा ।
  • बाजुराको बुढीगङ्गा नदीमा डुबेर एक जनाको युवकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षका गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

१२ वैशाख, बाजुरा ।

बाजुराको बुढीगङ्गा नदीमा डुबेर एक जनाको युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षका गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्रिवेणी नगरपालिका–८ मा मौरे धार्मिक स्थलमा नेपाली पितृको कार्य गरिरहेका थिए ।

उहाँसँगै ३२ वर्षकी अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर बुढीगङ्गा नदीले उहाँलाई बगाएपछि बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको र उसलाई बचाउन गणेश नेपाली नदीमा गएका थिए ।” मृतक नेपालीको शव अहिले पाेस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएको बोहराले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?