एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
२ पटक हेरिएको
Shares
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

सारांश

  • ९ वैशाख, काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि अहिले पनि एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।

९ वैशाख, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि अहिले पनि एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् । उनले भने, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं एमालेलाई भनेर, एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरु एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे । यत्रो आक्रमण, यतिधेरै बदनाम गर्न खोज्दा पनि हामी टिकेका छौं । जनताका बीचमा गएका छौं ।

जनताको विश्वास जितेका छौं  । अहिले पनि नेकपा एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको  रुपमा स्थापित छ । सिध्याउँछु भने पनि सबैभन्दा लोकप्रिय पार्टीको रुपमा अहिले पनि अगाडि छौं । सिध्याउँछु  भन्दैमा नेकपा एमाले  सिद्धिन्नेवाला छैन  । पार्टीको महान उद्देश्यप्रतिको लिडरसिपको धैर्यता, पार्टीपङ्तिको दृढताको कारणले एमाले सिधिँदैन ।’ साथै उनले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन् । हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ । गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरण गल्ती गर्नेहरूले, अपराधीहरूले समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्कोगरी घेराबन्दी गर्ने काम गरिरहेका छन् । यसमा विभिन्न प्रकारका तत्वहरू सामेल भइरहेका छन् ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?