कर्णाली राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२ पटक हेरिएको
Shares
कर्णाली राजमार्ग अवरुद्ध

सारांश

  • २८ चैत, कालीकोट ।
  •    वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ ।
  • कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

२८ चैत, कालीकोट ।  

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ ।

रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताउनुभयो । “अहिले पहिरो पन्छाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आज नै सडक सञ्चालनमा आउँछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?