रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र २३, २०८१
|
|
३ पटक हेरिएको
Shares
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने

सारांश

  •   २३ चैत, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ ।
  • सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम स्थगित नगर्ने निर्णय गरेको हो ।

२३ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ । सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम स्थगित नगर्ने निर्णय गरेको हो । पक्राउ पर्नुअघि सभापति रवि लामिछानेले पनि सभालाई निरन्तरता दिने भनेका थिए ।

लामिछानेले पार्टीको कारकारबाही बढाउनका लागि कार्यवहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएका छन् ।रास्वपाले आज दिउँसो २ बजे चितवनको भरतपुरमा ‘जनयात्रा’ शुभारम्भ सभालाई आयोजना गरेको छ । यो कार्यक्रमलाई भव्य र सम्भय तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । बैठकले ससभामा हुने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशनसमेत दिएको छ । तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएपछि सभापति लामिछानेलाई राति नै नियन्त्रणमा लिएको छ । उनलाई आज भैरहवा लिने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा