‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र १६, २०८१
|
|
२ पटक हेरिएको
Shares
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी

सारांश

  •   १६ चैत,  लुम्बिनी ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०६२/६३ को जनआन्दोलनले महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला निर्माण गरेको बताएकी छन् ।
  • उनले जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी पारित ‘विशेष प्रस्ताव’ को जगमा उभिएर २०७२ सालमा जारी संविधानले महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरेको बताएकी हुन् ।

 

१६ चैत,  लुम्बिनी ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०६२/६३ को जनआन्दोलनले महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला निर्माण गरेको बताएकी छन् । उनले जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी पारित ‘विशेष प्रस्ताव’ को जगमा उभिएर २०७२ सालमा जारी संविधानले महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरेको बताएकी हुन् ।

रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित ‘लुम्बिनी प्रदेशभित्रका महिला जनप्रतिनिधिहरूका बीचमा कार्यसम्पादनमा आइपरेका समस्या र समाधान’ विषयक अन्तरसंवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले वर्तमान संविधानमा महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित भएकाले नै तीनै तहका सरकार, संसद् तथा नीतिनिर्माण निकायमा महिलाको सहभागिता उल्लेखनीय रूपमा वृद्धि हुनुका साथै उनीहरूको भूमिका झन् सशक्त हुँदै गएको बताइन् । यसैगरी, शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिको स्वामित्व र श्रम सहभागिताजस्ता क्षेत्रमा उल्लेखनीय सुधार भएसँगै नेपालको समग्र लैङ्गिक विकास सूचकाङ्कमा पनि सकारात्मक प्रगति देखिएको उनको भनाइ थियो ।

“यसैको परिणामस्वरुप महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनका लागि प्रेरणादायी बनेका छन्”, उनले भनिन्, “हालसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधान प्रदत्त महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न तथा पूर्ण लैङ्गिक समानताको लक्ष्य हासिल गर्ने हाम्रो अभियानलाई हामीले निरन्तरता दिनुपर्दछ ।” पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच भएका गठबन्धनका कारण कतिपय अवस्थामा संवैधानिक प्रावधानविपरीत महिला प्रतिनिधित्वको अनुपात घटेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्‍याउन आग्रह गरिन् ।

उनले प्रदेश तथा स्थानीय तहमा अधिकांश महिला जनप्रतिनिधिहरू समानुपातिक प्रणालीबाट आएका र अधिकांश पुरुष सांसदहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाट आएको उल्लेख गर्दै महिला भएकै कारण समानुपातिक प्रणालीबाट आएका जनप्रतिनिधिलाई विभेद हुने गरेको गुनासो आउने गरेको बतायन् । यस खालको विभेद हुनु भनेको दुःखद् मात्र नभएर संविधान र कानुनी मापदण्ड प्रतिकूल हुने उनको भनाइ थियो ।“जनप्रतिनिधि महिला भनेका सामान्य महिला होइनन्, उनीहरू जनताले चुनेका नेता हुन् । त्यसैले, उनीहरूमाथि हुने कुनै पनि प्रकारको विभेद स्वीकार्य हुँदैन”, उनले भनिन्, “यस्तो विभेदको प्रतीकार गर्दै अधिकार सुनिश्चित गर्न उनीहरूले पनि आवश्यक राजनीतिक, प्रशासनिक तथा व्यवस्थापकीय क्षमताको अभिवृद्धि गर्न आवश्यक छ ।”

पूर्वराष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि सञ्चालन भइरहेका दिवाखाजा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय अग्र्यानिक खाद्य पदार्थको प्रयोग गर्नुमा जोड दिइन् । उनले यसले नवपुस्ताको स्वास्थ्य र पोषणमा सुधार गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउने भएकाले कार्यक्रमलाई सफल बनाउन लुम्बिनी प्रदेशका महिला जनप्रतिनिधिहरूको बृहत् भेलामार्फत आग्रह गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइनबाट साढे २ करोड बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ
अनलाइनबाट साढे २ करोड बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
मधेश सरकारसँग चार बुँदे सहमतिपछि आमरण अनशन स्थगित
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक
देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा