दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३ पटक हेरिएको
Shares
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

सारांश

  • १५ चैत, काठमाडौं ।
  • दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।
  • संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

१५ चैत, काठमाडौं ।

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुनेछ । आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यस्तै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन् । साथै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि आज बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको गरिएको थियो । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर आज बिहान ११ः०० सम्म स्थगित गरिएको हो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधबारदेखि अवरोध हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी