नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
२ पटक हेरिएको
Shares
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा

सारांश

  •   १९ फागुन,  काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूबीच देखिएको आपसी मतभेदलाई छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन्।
  •   पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि रूपन्देहीको भैरहवामा सुरु गरेको आयोजनामा प्रशिक्षण कार्यक्रममा उनले आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने बताएका हुन् ।
  • ‘हाम्रो बीचमा अनेक किसिमका मतभेद हुन सक्छन् ।

१९ फागुन,  काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूबीच देखिएको आपसी मतभेदलाई छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन्।  पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि रूपन्देहीको भैरहवामा सुरु गरेको आयोजनामा प्रशिक्षण कार्यक्रममा उनले आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने बताएका हुन् ।

‘हाम्रो बीचमा अनेक किसिमका मतभेद हुन सक्छन् । हाम्रो बीचमा कति कुरा नमिलेका हुन सक्छन्,’ सभापति देउवाले भने, ‘ती सबै कुराहरू हामीले आपसमा छलफल गरेर, मतभेद हटाएर पार्टीलाई जीवन्त भाइब्रेन्ट डेमोक्रेटिक पार्टीका रूपमा अगाडि बढाउनु पर्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसलाई चलायमान बनाउनु नेताहरूको काम नै भएको पनि बताए । ‘हाम्रो काम पनि त्यही हो,’ उनले भने । सभापति देउवाले कांग्रेसलाई जीवन्त बनाउन सके देशभित्र पार्टीका प्रतिको आकर्षण बढ्ने र देश बाहिर पार्टीका प्रति सम्मान हुने पनि बताए ।

‘हामीले पार्टीलाई जीवन्त बनाउन सक्यौँ भने हाम्रो पार्टीका प्रति अझ बढी आकर्षण बढ्ने छ,’ देउवाले भने, ‘देश बाहिर पनि हाम्रो पार्टी नेपाली कांग्रेसका प्रति सम्मान हुनेछ ।’ उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको प्रशिक्षण प्रतिष्ठानले भैरहवामा कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । दुई दिनसम्म चल्ने प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना प्रशिक्षणका सहभागी रहेका बताइएको छ ।

यस्तै लुम्बिनी प्रदेशका सांसद, मन्त्री र जिल्ला सभापतिहरू पनि कार्यक्रममा सहभागी छन् । यसअघि कांग्रेसले माघ २१ गते सातवटै प्रदेशका सभापति तथा २२ र २३ गते कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति र जिल्लाका प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापतिलाई प्रशिक्षण दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली
अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन