सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २८, २०८१
|
|
३ पटक हेरिएको
Shares
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन

सारांश

  •   सर्लाही, २८ पुस – सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा निर्माण गरिएको स्मृति बाटिकाको आइतबार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
  • सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट छतौनामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।
  • कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति धन बहादुर रानामगर, सुरक्षा बेस हरिवनका बेसपति निरन थापा र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

सर्लाही, २८ पुस – सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा निर्माण गरिएको स्मृति बाटिकाको आइतबार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट छतौनामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति धन बहादुर रानामगर, सुरक्षा बेस हरिवनका बेसपति निरन थापा र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित सबैले स्व. तुलाधरको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको गएको पुस १६ गते राति बोर्डर आउट पोस्ट छतौनाको अगाडि बसको ठक्करबाट मृत्यु भएको थियो। तुलाधरको योगदानको सम्मानस्वरूप निर्माण गरिएको यो स्मृति बाटिका उनको सम्झनालाई चीरस्थायी बनाउन पहल गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन
‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन
आज पनि बढ्यो सुनको मूल्य
आज पनि बढ्यो सुनको मूल्य
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन