सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
५९ पटक हेरिएको
Shares
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने

सारांश

  • एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो।
  • प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
  •   त्रिवि क्रिकेट मैदानमा शनिबार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

 

१५ मंसिर,  काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो।

प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।  त्रिवि क्रिकेट मैदानमा शनिबार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।  सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।

जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्। एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?