रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै

Raju Yadav Raju Yadav
|
बिहिबार, मंसिर १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै

सारांश

  •   १३ मंसिर, पोखरा – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ लगिने भएको छ।
  • जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई विमानमार्फत काठमाडौँ लैजान लागिएको हो।
  • अहिले साँझ ५ बजे बुद्ध एयरको विमानमार्फत काठमाडौँ लग्न लागेको प्रहरी स्रोतले बताएको छ।

 

१३ मंसिर, पोखरा – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ लगिने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई विमानमार्फत काठमाडौँ लैजान लागिएको हो।

अहिले साँझ ५ बजे बुद्ध एयरको विमानमार्फत काठमाडौँ लग्न लागेको प्रहरी स्रोतले बताएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि रविलाई काठमाडौँ लगेर बयान लिइँदै छ। मंसिर ९ गते रविलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो।

त्यसलगत्तै मंगलबार बिहान रविलाई काठमाडौँ लग्ने तयारी गरे पनि काठमाडौँ प्रहरीले ‘होल्ड’ गरेपछि रोकिएको थियो। यसअघि कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडियाका पूर्वसञ्चालकसमेत पूर्वडीआइजी छविलाल जोशी र पुर्पक्षका लागि कास्की कारागारमा रहेका गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेललाई काठमाडौँ लगेर बयान लिइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?