आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

Raju Yadav Raju Yadav
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

सारांश

  •   ८ कार्तिक, मनिला ।
  • उत्तरपूर्वी फिलिपिन्समा बिहीबार उष्णकटिबंधीय आँधीले निम्त्याएको बाढी र भूकम्पका कारण २३ जनाको ज्यान गएको छ ।
  • बाढीका कारण गाडीहरू सडकमा बगेका थिए ।

८ कार्तिक, मनिला । उत्तरपूर्वी फिलिपिन्समा बिहीबार उष्णकटिबंधीय आँधीले निम्त्याएको बाढी र भूकम्पका कारण २३ जनाको ज्यान गएको छ । बाढीका कारण गाडीहरू सडकमा बगेका थिए । घरको छानामा फसेका मानिसलाई मोटरबोटको सहायताले उद्धार गर्ने काम भइरहेको छ ।

सरकारले विद्यालय र कलेज बन्द गर्ने घोषणा गरेको छ । उष्णकटिबंधीय आँधी ट्रामीको चपेटामा उत्तरपूर्वी प्रान्त आएपछि लाखौं मानिसहरूलाई बचाउन दोस्रो दिन पनि उद्धार कार्य जारी राखिएको छ । हिमाली प्रान्त इफुगाओको अगुनाल्डो सहरमा ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको शक्तिशाली हुरी चलिरहेको छ । बाढी र पहिरोले बिकोल क्षेत्र नराम्ररी प्रभावित बाढी र पहिरोका कारण बिकोल क्षेत्र नराम्ररी प्रभावित भएको छ । अधिकांशको मृत्यु बाढीको पानीमा डुबेर भएको छ ।

हालसम्म २३ जनाको ज्यान गएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीका कारण धेरैजसो मृत्यु मनिलाको दक्षिण पूर्वमा भएको हो । यहाँ अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् । गाउँमा फसेका हजारौँ मानिसलाई सरकारी सेनाले उद्धार गरिरहेको छ ।प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि एक हजार ५०० प्रहरी पठाइएको छ । उद्धार र राहत पर्खिरहेका मानिसहरूको सङ्ख्या धेरै भएकोले आफूहरूले एकै पटक सबैलाई उद्धार गर्न नसक्ने, यसका लागि थप मोटरबोटहरू चाहिएको क्षेत्रीय प्रहरी प्रमुख ब्रिगेडियर जनरल आन्द्रे डिजोनले भनेका छन् ।

आँधी चलिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । आँधीका कारण २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएको बताइएको छ । हरेक वर्ष फिलिपिन्समा करिब २० वटा आँधी आउने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू
भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
राष्ट्रियसभाको बैठक  कार्तिक १४ मा बस्ने
राष्ट्रियसभाको बैठक कार्तिक १४ मा बस्ने
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक
विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध
शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध