गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

Raju Yadav Raju Yadav
|
शनिबार, भाद्र २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

सारांश

  •   २९ भदौ, बलेवा (बागलङ) — मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ ।
  • शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौंदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो ।
  • मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ ।

२९ भदौ, बलेवा (बागलङ) — मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ ।शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौंदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो । मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।घटनामा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उनकी ६१ वर्षीय आमा गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो । घटनामा गम्भीर घाइते २९ वर्षे चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल
आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल
नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस
नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
सार्वजनिक यातायातको भाडा घट्यो, काहाँ कति ? 
सार्वजनिक यातायातको भाडा घट्यो, काहाँ कति ? 
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’