तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २३, २०८१
|
|
८२ पटक हेरिएको
Shares
तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

सारांश

  • त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।
  • रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि अन्तिम चरणका काम भइरहेका छन् ।
  • प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दशैंअगाडि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको  आयोजनाले जनाएको छ ।

२३ भदौ, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि अन्तिम चरणका काम भइरहेका छन् । प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दशैंअगाडि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको  आयोजनाले जनाएको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ ।

२८ किलोमिटर प्रसारण लाइनमध्ये ५ किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिक परिचालित छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।  दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...