सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
४० पटक हेरिएको
Shares
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

सारांश

  •   शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।
  • अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् ।
  • प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो ।

३२ साउन, काठमाडौं ।  शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।

अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् । प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तीव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको बुझिएको छ । बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ । नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो ।

बर्मा दक्षिण एसियाका बारेमा राम्रो जानकारी राख्ने अधिकारी मानिन्छन् । उनी यसअघि भारतका लागि अमेरिकी राजदूत समेत बनिसकेका थिए ।बर्माको भ्रमणमण्डल नेपाल हुँदै भारत पुग्नेछ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
भरतपुर विमानस्थलको टर्मिनल भवनको काम पुन: सुरु
भरतपुर विमानस्थलको टर्मिनल भवनको काम पुन: सुरु
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?