घट्यो सेयर बजार, साढे २१ अर्बमा खुम्चियो कारोबार

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण २९, २०८१
|
|
१ पटक हेरिएको
Shares
घट्यो सेयर बजार, साढे २१ अर्बमा खुम्चियो कारोबार

सारांश

  • २९ साउन, काठमाडौं ।
  • मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ ।
  • अघिल्लो दिनको तुलनामा यस दिन ८.

२९ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ ।

कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे । मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ९.७, शुभम् पावरको ९.६ तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७.७ प्रतिशत बढ्यो । नेपाल फाइनान्सको मूल्य ९.९ प्रतिशत घट्यो । सगरमाथा जलविद्युतको ७.१, आत्मनिर्भर लघुवित्तको ६.९, मैलुङखोला जलविद्युतको ६ तथा अभियान लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, अपी पावर तथा अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?