प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

सारांश

  • २४ साउन,काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।
  • बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।

२४ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ ।एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । यी प्रदर्शनमा सहभागी भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि यसमा छ ।ट्रेलरमा प्रधानमन्त्री ओली भन्छन्- ‘तपाईंहरुले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय ।’ भदौ ७ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मलाई रमित ढुंगानाले निर्देशन तथा निर्माण गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?